नेयमार चम्कँदा पिएसजीको सानदार जित

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले लिग वानमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा नेइमारले २ गोल गरेका थिए भने किलियन एम्बाप्पे र रोनाटो सान्चेजले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल मोन्टपेल्लिएरका फालाए साकोले आत्मघाती गोल गरेका थिए । त्यस्तै मोन्टपेल्लिएरका लागि वाह्बी खाज्री र इंजो एमबिआयीले एक एक गोल गरेका थिए ।

पिएसजीको फ्रेन्च लिग वानमा यो लगातार दोस्रो जित हो । यो जितपछि २ खेलमा ६ अंकसहित पिएसजी शीर्ष स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *