मेयर बालेनले लेखे- ‘फोहोर बोकेका १५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३५० पुग्छन्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् । कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले बताएका हुन् ।

शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको बालेनको भनाई छ । ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगे,’ उनले फेसबुकमा लेखेका छन्, ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन् ।’

मेयर शाहकाअनुसार काठमाडौँबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ । ‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडासम्म पुर्‍याउन केही समय लाग्न सक्छ,’ उनले अगाडि भनेका छन्, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलन, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यवाद छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =