कांग्रेस र कम्युनिस्टको चक्रव्युबाट देशलाई मुक्त गर्न बेला यहि हो :राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गईरहेको भन्दै उनीहरुको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै अवको निर्वाचनमा जनता सचेत हुनुपर्ने उनले बतचाए । उहाले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गर्नुभयो । लिङ्दनेले देशलाई सहि दिशामा अघि बढाउन श्रीलंकाको जनताजस्तो हालतमा लाठी नभई स्वस्तीक छापलाइ सहि ढंगले प्रयोग गर्नुपर्ने जिकिर गरे ।

उहाले नेपाली जनता भएर दलदलमा फसेको देशलाई निकाल्न सवैले प्रण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =