राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते बस्ने

काठमाडौं । राप्रपा नेपाल केन्द्रिय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र , महामन्त्रीहरुको सचिवालय ,संगठन ,प्रशिक्षण सम्बन्धि प्रतिबेदन , प्रदेश अध्यक्षहरुको साङ्गठानिक प्रतिबेदन , कोषाध्यक्षको आर्थिक प्रतिबेदन, जनबर्गिय संगठनका प्रमुखहरुको प्रतिबेदन , आगामी संघ र प्रदेश निर्बाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *