नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियान भदौ १० देखि सुरु गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने भएको छ ।

शनिबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचनलक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

यस्तै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय समेत गरेको आङ्देम्बेले जानकारी दिए । बैठकले प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देश गर्ने पनि निर्णय भएको सहमहामन्त्री आङ्देम्बेले बताए ।

बैठकले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *