तस्बिरमा बसन्तपुर गाईजात्राको रौनक

काठमाडौँ । उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ।

यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्। गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको छ हिन्दू धर्ममा गाई पवित्र जनावर हो।

दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइन्छ ।

नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ। सा को अर्थ गाई र पारू को अर्थ प्रतिपदा तिथि हो  । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको छ ।

आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा छ । गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म उक्त पर्व मनाइन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *