‘साताका सात’ तस्बिर

आस्थाको ज्योति
हिन्दुधर्मावलम्बीहरूले मठ मन्दिरमा पूजाआजा गर्दा बालिने बत्ती । जसले हिन्दु धर्ममा ठुलो महत्त्व राख्दछ ।

सुन्दर स्वयम्भू
चन्द्रागिरि नगरपालिकाको कंकाली डाँडाबाट देखिएको स्वयम्भूनाथ परिसर  ।

काठमाडौँ खाल्डो !
चन्द्रागिरि नगरपालिकाको कंकाली डाँडाबाट देखिएको काठमाडौँ । यहाँबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

आदिवासी पहिरन
२८ औँ आदिवासी जनजाति दिवसको उपलक्ष्यमा काठमाडौँमा आफ्नो परम्परागत पहिरनमा सजिएकी महिला ।

भूमिगत निर्माण !
काठमाडौँमा वितरण गरिएको विद्युतको तार भूमिगत गर्दै नेपाल विद्युत् प्राधिकरण ।

हरियाली फाट
काठमाडौँको झोरबाट देखिएको सुन्दर हरियाली फाट ।

भविष्यका खेलाडी
बिहान डोजो तिर खेल खेल्न जाँदै मार्सलआर्टका खेलाडीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *