यस्तो छ निम्बसले नेपाल ल्याएको विद्युतीय साइकल (भिडियो)

काठमाडौँ । लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्रालिले विद्युतीय साइकल नेपाली बजारमा ल्याएको छ ।

उक्त ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ आइतबार एक कार्यक्रमका बीच निम्बसले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

भिडियो

सहरी सडकका लागि उपयुक्त उक्त साइकल भारतको हिरो कम्पनीले निर्माण गरेको हो । साइकल यात्रा गर्न चाहनेहरुका लागि उक्त साइकल भरपर्दो विकल्प बन्ने देखिएको छ । उक्त साइकलको प्रयोगशले समथर सडकमा पाइडलको प्रयोग गरेर शारीरिक कसरतसमेत हुने र उकालो सडकमा विद्युतबाट चलाएर सहज रुपमा यात्रा गर्न सकिने देखिएको छ ।

उक्त साइकलमा लिथियम–आयन ब्याट्री आईपी ६७ प्रयोग भएकोले पाीले असर नगर्ने जनाइएको छ । ५ देखि ७ घण्टामामा पूरा चार्ज हुने उक्त ब्याट्रिले एक पटकमा २५ देखि ६० किलोमिटरसम्म साइकल तान्न सक्ने क्षमता राख्दछन् ।

बलियो, टिकाउ र भर्सटाइल शैलीको उक्त साइकलले आफ्नो वजनभन्दा ४ गुणासम्म भार थेग्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा उक्त विद्युतीय साइकलको मूल्य ७५ हजार ९ सय देखि १ लाख ३९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *