गाईजात्रामा हास्य कलाकारले गरे नेताहरूमाथि तिखाे व्यङ्ग्य (भिडिओसहित)

काठमाडौँ । गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् ।

रिपोर्टर क्लब नेपालले शुक्रवार काठमाडौँमा आयोजना गरेको गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरूले जनता सहाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको टिप्पणी गरे ।

उनले देश सिंगापुरजस्तो भए हाँसो व्यङ्ग्य गर्न नपाइने भन्दै ठट्टा गरेका थिए । आफूहरूको प्रस्तुतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।

त्यस्तै, चर्चित हास्य कलाकार किरण केसीले देशमा जति आन्दोलन भएपनि जनताको अवस्था पुरानै छ भन्दै नेताहरूप्रति व्यङ्ग गरे त्यसैगरी, अर्का कलाकार जितु नेपालले अर्थ मन्त्रालयको सिसि क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यङ्ग्य गरेका थिए ।

नेपालले शतप्रतिशत बोलेको पुर्‍याउने एकमात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यङ्ग्य गरे ।

त्यस्तै, अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरी बतास आएमा कहाँ पानी पर्छ र..?’ बोलको कवितामार्फत सरकारप्रति व्यङ्ग्य गरे भने हास्य कलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरूलाई उम्मेदवारी नदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =