भुवन केसीविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीकाे नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड रहेकाे भएपनि केसीकाे अध्ययन प्रमाणपत्र तह मात्रै भएकाे भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन् ।

रिटबारे साेमवार प्रारम्भिक सुनुवाइ हुने भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.