महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे हस्ताक्षर अभियान, सिडिओमार्फत प्रधानमन्त्रीलाई पठाइयाे (तस्वीरसहित)

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्लाले महँगी र भ्रष्टाचार विरुद्ध सङ्कलन गरेको हस्ताक्षर आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

श्रावण २०, २१ र २२ गते एमाले काठमाडौँ जिल्लाले आफ्ना मातहतका विभिन्न जनवर्गीय सङ्गठनमार्फत वडा वडामा हस्ताक्षर अभियान सुरु गरेको थियो । त्यसरी सङ्कलन गरेको हस्ताक्षर श्रावण २३ गते स्थानीय वडामा बुझाएका थिए ।

आज माइतीघरमा भेला भई उनीहरूको काठमाडौँ जिल्ला प्रशासन कार्यालय सम्म र्‍याली गरी प्रमुख जिल्ला अधिकारीलाई उक्त हस्ताक्षर सङ्कलन बुझाएका हुन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ ३ का सङ्घीय सांसद कृष्णकुमार राई, बागमती प्रदेशसभा सांसद तथा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला सहित को सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *