निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्छ : देव गुरुङ
२०७९ साउन २५ गते

काठमाडौँ । निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउन माग गरिएको छ । सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग राखे ।
ुउनले भने, ‘सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ। प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५.१ ले भनिको छ। सर्वोच्च अदालतको दुई-दुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ। यो मध्यावधि निर्वाचन पनि होइन। ७६ को ५ को सरकार विफल भएको पनि होइन ।’
२०७९ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








