युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौँमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन् । महासचिवमा क्षितिज थेवे, उपमहासचिवद्वयमा रमेश तिवारी र विजय डाँगी, सचिवमा विकास ज्ञवाली, बैजनाथ साह, विस्ना चन्द रहेका छन् ।

बैठकले कात्तिक १० गतेभित्र जिल्ला अधिवेशन, भदौ पहिलो हप्ताभित्र वडा तहको अधिवेशन र भदौ २१ गतेभित्र पालिका अधिवेशन गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । युवा संघले प्रत्येक कमिटीमा युथ फोर्स, साइबर सर्कल र निर्वाचन परिचालन कमिटी गठन गर्नसमेत निर्देशन दिएको छ । युवा संघले प्रत्येक कमिटी सर्वसम्मत चयन गर्न पनि निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.