कृषि विकास कालिकोटका तत्कालीन प्रास पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सुर्खेत । तत्कालीन जिल्ला कृषि विकास कार्यालय, कालिकोटका तत्कालीन प्रास हाल गुठीचौर गाउँपालिका जुम्लाका (अधिकृत छैटौं) तहमा कार्यरत रत्नप्रसाद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मङ्गलवार पाण्डेविरुद्ध भ्रष्टाचारको आरोप–पत्र विशेष अदालतमा दायर गरेको हो ।

साबिकको जिविस कार्यालय कालिकोटबाट आर्थिक वर्ष २०७०र०७१ मा जिल्ला कृषि विकास कार्यालय, कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको पाण्डेविरुद्ध आयोगको ठहर रहेको छ ।

आयोगले उनिमा अनुसन्धान गर्दै जाँदा तालिम कार्यक्रममा झुट्टा विल बनाई भुक्तानी लिएको, तालिम सञ्चालनका लागि सामानको खरिद गरेको र ढुवानीमा खर्चमा मिलाएर तीन लाख ८८ हजार सात सय पचास रुपैयाँको झुट्टा विल बनाएको अख्तियारले फेला पारेको हो ।

पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९ङ० बमोजिमको कसुर भएकोले बिगो तीन लाख ८८ हजार सात सय पचास रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको कैद सजाय र बिगो समेत असुल हुन मागदावी अख्तियारले गरेको छ ।

पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आयोगले विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *