कालिकोटका तत्कालीन लापा कार्यक्रम संयोजक खनालविरद्ध भ्रष्टाचारको मुद्दा दायर

सुर्खेत । कालिकोटका तत्कालीन लापा कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमलप्रसाद खनाल विरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानको आयोगले मङ्गलवार विशेष अदालत काठमाडौँमा खनाल विरुद्ध आरोप–पत्र दायर गरेको हो ।

खनालले साबिक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०र०७१ मा सञ्चालन भएका विभिन्न कार्यक्रम अनुरूप विविस कार्यालय, कालिकोटले गरेको प्रचार–प्रसार कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको खनालले हिनामिना गरेको उजुरी आयोगमा परेपछि अनुसन्धान गरेको थियो ।

आयोगले अनुसन्धान गर्दा साबिकको जिविसको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०र०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समावेश गरी झुट्टा बिल बनाएको ठहर गरेको हो ।

आयोगकाअनुसार कार्यक्रमका फोकल पर्सन समेत रहेका खनालले उक्त सामानको ढुवानीबापत समेतको खर्च देखाई कार्यक्रम नै नगरी पेस्की फर्छ्यौट गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९ङ० बमोजिमको कसुर तीन लाख २५ हजार चार सय ९७ रुपैयाँ बिगो आएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको कैद सजाय र बिगो बमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम वद्‍नियत साथ हानि नोक्सानी गरेको बिगो असुल गर्न मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम अदालतमा आरोप–पत्र दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *