विश्वकै उच्च स्थानकाे काेर्स रहेकाे मुस्ताङमा गल्फ प्रतियोगिता हुँदै

पोखरा । उपल्लो मुस्ताङको लोवथाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ प्रतियोगिता हुने भएको छ । अघिल्लो वर्ष मात्रै त्यस ठाउँमा गल्फ कोर्सको सफल परीक्षण गरिएको थियो । हाइ अल्टिच्युडमा गल्फ यो नै सबैभन्दा उच्च हो ।

समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा भदौ ११ देखि प्रतियोगिता हुन लागेको सांसद तथा संस्थापक इन्द्रधारा विष्टले बताए ।

यसअघि सबैभन्दा उच्च स्थानमा रहेको कोर्स सिक्किमको याक गल्फ कोर्स हो । तत्कालका लागि लोवथाङमा ९ होलको कोर्स तयार गरिएको छ । गाउँपालिका समेतको समन्वयमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना गर्न लागिएको विष्टले बताए ।

प्रतियोगितामा कुल २८ गल्फर सहभागी हुनेछन् । जसमध्ये ४ जना महिला हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *