कांग्रेसले निर्वाचन तयारीका लागि ७७ जिल्लामा केन्द्रीय नेता खटाउने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको तयारीका लागि देशभर पार्टीका नेताहरु खटाउने भएको छ। आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो।

महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिए। उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो।

‘भाद्रको २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा,’२८ औँ विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौँमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले भने।

उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिए। ‘हामीले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौँ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =