साउनको चौथो सोमबार बौंडेश्वर महादेवमा श्रद्धालुको भिड (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका -१ झोरमा रहेको श्रीकृष्ण बरुणेश्वर (बौंडेश्वर) महादेवलाई हिन्दु धर्ममा महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा पुजिन्छ ।

‘झोर झरना’को नामलेसमेत प्रसिद्ध बौंडेश्वर महादेव क्षेत्रमा करिब १ सय १० फिट र ८० फिट अग्ला दुईवटा झरना छन् । त्यहाँ विशाल ढुङ्गाको गर्भमा करिब ५० फिटको गुफा पनि रहेको छ । त्यहीँ चट्टानमुनिको गुफाभित्र भगवान् गणेश, नागराज, नागरानी, शिवको मूर्ति सहितको शिवलिंग रहेको छ ।

त्यहाँ रहेको झरनामा स्नान गरी गुफा भित्रको बौंडेश्वर महादेवको पूजा तथा दर्शन गरेमा सोचेको कुरा पुग्दछ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । गुफा अगाडिको कुण्डभित्र १०८ कुण्ड रहेको समेत विश्वास गरिन्छ । जसमध्ये पाञ्चजन्य कुण्ड, ऋषिकेश कुण्ड, देवदत्त कुण्ड, धनञ्जय कुण्ड र पाण्डव कुण्ड प्रख्यात  छन् ।

यस क्षेत्रमा शिवरात्रि, जनैपूर्णिमा, ऋषिपञ्चमी, नवरात्रि ,अक्षय तृतीया, वैकुण्ठ चतुर्दशी, श्रीकृष्णाष्टमी, तीज का साथै बाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्दछ । सन्तान नभएकाहरूले स्वच्छ मनले बौंडेश्वर महादेवलाई घण्टा चढाएमा सन्तान लाभ हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।

आज श्रावण महिनाको चौथो सोमबार, बौंडेश्वर महादेवको दर्शन गर्न बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ

हेरौँ तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *