तस्बिरमा श्रावणी मेला ‘बोलबम’

काठमाडाैँ । श्रावण अर्थात् भगवान् शिव को महिना । यो महिना हिन्दु धर्मावलम्बीहरूले विभिन्न विधिबाट शिवजी को पूजाआराधना गर्ने गर्दछन् । त्यो मध्य एक हो, श्रावणी मेला अर्थात् बोलबम ।

श्रावणी मेला भारतमा सदियौँ देखि चलिआएको प्रख्यात धार्मिक यात्रा हो । भारतको विभिन्न स्थानबाट शुद्ध गंगाजल बोकेर श्रद्धालुहरू झारखण्डमा रहेको बाबा वैद्यनाथ धाम सम्म खाली खुट्टा पैदल यात्रा गर्ने गर्दछन् । यसरी बोकेर लगेको जलले शिवजी को स्नान गराउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाडौँमा भने दशक अघि भारतीय नागरिक र नेपालका तराइ मूलका नागरिकहरूले बोलबम यात्राको थालनी गरेका थिए । विभिन्न कावरिया संघमार्फत उनीहरूले हरेक वर्ष श्रावणमा श्रावणी मेला आयोजना गर्दै आइरहेका छन् । केही वर्ष अघि सम्म भारतीय नागरिक र नेपालका तराइ क्षेत्रका नागरिकले मनाउने श्रावणी मेलामा अहिले भने सबै नेपाली हिन्दुहरू सहभागी हुने गर्दछन् ।

काठमाडौँमा श्रावणी मेला गर्नेले सुन्दरीजलमा रहेको बागमती नदी बाट पवित्र जल काँधमा वा पिठ्युँमा बोकी , कहीँ नबिसाई पैदल नै पशुपतिनाथ पुगेर शिवजी लाई स्नान गराउँदछन् ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *