फोहोरले काठमाडौँ दुर्गन्धित भयो, सरकार टुलुटुल हेरेर बसेको छ : बिनाकुमारी श्रेष्ठ

काठमाडौँ । सांसद बिनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यका फोहोरले दुर्गन्धित भएको भन्दै फोहोर व्यवस्थापनमा जुट्न तीनै तहका सरकारसँग माग गरेकी छन्। उनले सहर व्यवस्‍थित गर्ने बहानामा श्रमिकको रोजीरोटी खोसिएको भन्दै सडक व्यापारीका लागि वैकल्‍पिक उपायको खोजी गर्न समेत आग्रह गरिन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले फोहोरले राजाधनी काठमाडौं दुगर्न्धित हुँदासमेत सरकार टुलुटुल हेरेर बसेको आरोप लगाइन्।

उनले फोहोरलाई दिर्घकालीन व्यवस्थापनका लागि केन्द्रीय, प्रदेश , स्थानीय सरकाले संयुक्त योजना बनाइ व्यवस्थापनका लागि ठोस कार्य गर्न सभामुखमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

उनले फोहोर व्यवस्थापनमा जुट्‍न तीनै तहको सरकारको दायित्व रहेको भन्दै हैजाले महामारी मात्रै होइन स्थानीयको ज्यानै जोखिमा रहेको बताइन्।

फोहोरले जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ। फोहोरको उचित व्यवस्थापन नहुँदा काठमाडौंमा हैजा फैलिरहेको छ,ुउनले भनिन्,ु फोहोर व्यवस्थापन गनै तीनै तहको सरकारको दायित्व हो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *