गभर्नरविरुद्ध बालुवाटारमा प्रदर्शन गर्ने दुई दर्जनबढी विद्यार्थी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । अधिकारीविरुद्ध काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले आज राष्ट्र बैङ्क, केन्द्रीय कार्यालय बालुवाटारअघि प्रदर्शन गरेको हो ।

नेकपा एमालेको आर्थिक समितिमा नाम भएका ‘एम’ अधिकारी, गभर्नर महाप्रसाद अधिकारीनै भएको भन्दै उनको बर्खास्तीको माग राखेर नेवि सङ्घले विरोध प्रदर्शन गर्दै आएको छ ।

राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर, अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौँमा प्रदर्शन भइरहेका छन् ।

आज भएको प्रदर्शनमा करिब दुई दर्जन प्रदर्शनकारी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अहिले प्रहरी वृत्त मालिगाँउमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *