सुदूरपश्चिममा अपराधको ग्राफ बढ्दै, पाँच वर्षमा १४ हजार घटना

धनगढी । सुदूरपश्चिम प्रदेशमा अपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशमा पाँच वर्षको अवधिमा १४ हजार अपराधिक घटना भएको प्रहरीको तथ्यांक छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशमा २०७४/७५ देखि ०७८/७९ सम्म १३ हजार ९४१ अपराधका घटना भएका छन् । यो अपराधका सवारीसहित विविध घटनाको तथ्यांक हो ।

प्रहरीको तथ्यांक अनुसार ज्यान मार्ने उद्योग अन्तर्गत पाँच वर्षमा दुई हजार ५५०७ वटा घटना भएका छन् । जसमध्ये ०७४÷०७५ मा ४ सय, ०७५/०७६ मा ४१४, ०७६/०७७ मा ५०४, ०७७/०७८ मा ५८७ र ०७८/०७९ मा ६०२ वटा घटना भएका छन् ।

यस्तै आत्महत्या दुरुत्साहन अन्तर्गत २ हजार ७८० घटना भएका छन् । जसमध्ये ०७४/०७५ मा ४७८, ०७५/०७६ मा ५००, ०७६/०७७ मा ५४७, ०७७/०७८ मा ६७८ र ०७८/०७९ मा ५७७ घटना भएका छन् ।

सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत एक हजार ४६१ वटा घटना भएका छन् । जसमा २०७४/०७५ मा १८४, ०७५/०७६ मा २१६, ०७६/०७७ मा २५४, ०७७/०७८ मा ३७१ र ०७८/०७९ मा ४३६ घटना भएका छन् ।

डाँका चोरी अन्तर्गत पाँच वर्षमा ७३७ वटा घटना भएका छन् । जसमा ०७४/०७५ मा ७८, ०७५/०७६ मा १७२, ०७६/०७७ मा १५६, ०७७/०७८ मा १५४ र ०७८/०७९ मा १७७ घटना भएको तथ्यांक छ ।

यस्तै सामाजिक अपराधमा जम्मा ३ हजार ४६५ वटा घटना भएका छन् । जसमध्ये ०७४/०७५ मा ५४७, ०७५/०७६ मा ६३२, ०७६/०७७ मा ८५३, ०७७/०७८ मा ६१७ र ०७८/०७९ मा ७८९ घटना भएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध अपराध अन्तर्गत १ हजार ८८७ घटना भएका छन् । जसमध्ये ०७४/०७५ मा २३८, ०७५/०७६ मा ३७३, ०७६/०७७ मा ३५९, ०७७/०७८ मा ४८३ र ०७८/०७९ मा ४३४ घटना भएका छन् ।

यस्तै, सवारी दुर्घटना अन्तर्गत पाँच वर्षमा ७८५, विविध घटना अन्तर्गत १५५ र अन्य घटना अपराधिक घटना अन्तर्गत १३५ घटना भएको तथ्यांक छ । समग्र वर्षको हिसावले ०७४/०७५ मा दुई हजार १३०, ०७५/०७६ मा दुई हजार ५६२, ०७६/०७७ मा दुई हजार ८८०, ०७७/०७८ मा तीन हजार १४१ र ०७८/०७९ मा तीन हजार २२८ घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले बेरोजगारी, गरिबीलगायतका अपराधका घटनामा वृद्धि भएको बताए । उनका अनुसार अपराधका घटनामा १८ देखि ४० वर्ष उमेर समूहका मानिसहरू बढी संलग्न भएको पाइएको छ ।

अपराधिक घटना कम गर्न नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *