पाकिस्तानमा उपनिर्वाचन घोषणा

काठमाडौंँ । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ। राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो।

आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ। देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नुपर्ने भएको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारीविरुद्ध अगस्ट १७ सम्ममा आवश्यकताअनुसार अध्ययन तथा छानबिन गरिने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिह्न दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन्। गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पीटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गरेको थियो। उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए। राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *