सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानमा बाढीको जोखिम
काठमाडौँ । देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ । बर्षाका कारण देशका विभिन्न नदी-खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले आवश्यक होशियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठानलगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोशी, गोगर जगत र सोलुखुम्बु भएर बग्ने सोलु खोलालगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै भिरालो जमिन आसपास बस्ने नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।
SMS
साउन२१बिहान ४बजे
सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ,धाप,नकोटे रआसपास पछिल्लो ३-६ घण्टा भारी बर्षा मापन,मेलम्चीको जलसतह बढ्दो छ,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची,बलेफि र साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ,१०बजे सम्म अति उच्च सतर्कता अपनाऔ pic.twitter.com/gfft773iE9— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2022
साउन -२१, बिहान १:३० बजे
सोलुखुम्बु, सोलु खोला, साल्मे जलमापन केन्द्रमा जलसतह ४.८१ मि. सतर्कता तह आसपास रहेको र नदि बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा रहनुहुने बिहान सम्म उच्च सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/7CeGCVwWzy— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2022
साउन -२१, बिहान १:३० बजे
तामाकोशी नदि, गोंगर जगत, दोलखा जलमापन केन्द्रमा जलसतह ४.६२ मि. सतर्कता तह आसपास रहेको र नदि बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा रहनुहुने बिहान सम्म उच्च सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/G0MfLdxrdk— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2022
साउन -२१, बिहान १:३० बजे
लुङ्गरि नदि, खुङ्गरि प्युठान जलमापन केन्द्रमा जलसतह ४.२८ मि. सतर्कता तह आसपास रहेकोले तटीय क्षेत्रमा रहनुहुने बिहान सम्म उच्च सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2022