एमालेले चुनाव हारे देशले हार्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन् ।

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशालामा सम्बाेधन गर्दै उनले कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिए ।

एमालेले हार्दा देश हार्ने दाबी गर्दै उनले भने, “अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । पाँच वर्ष प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासको प्रश्नमा बोल्छ ।”

उनले अघि भने, “ यस्ता काम गर्न कार्यक्षेत्र केही हुने होइन् । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनुपर्ने छ । देशलाई हार्न दिनुहुने छैन ।”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *