गायक प्रिन्स सिल्वालको बुट्टेसारी सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक गरिएको छ । हरितालिका तीज पर्वलाई लक्षित गरेर गायक सिलवालको आफ्नै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो । बाध्यताले बिदेसिनुपरेको बुबा,भड्किलो बन्दै गएको तिजमा आमा र छोराबिचको झगडालाई गीतमा समेटिएको छ ।

म्युजिक भिडियोमा गायक प्रिन्स सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउली बुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । सिताराम सिलवालको शब्द,अर्जुन पोखरेलको सङ्गीतलाई आदेश गुरुमछानले एरेन्ज गरेका हुन् ।

सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका छन् भने गीतलाई छायाङ्कन तथा सम्पादन अनिल कटवालले गरेका हुन । काठमाडौँकै सेरोफेरोमा गीतको छायाङ्कन गरिएको हो ।

यस अघि गायक सिलवालको दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *