‘कुमारी आमा’ निहारिका राजपूत पक्राउ (तस्वीरसहित)

काठमाडौँ । कुमारी आमा सोनाली कुमारी सिंह (निहारिका)लाई प्रहरीले गिरफ्तार गरेको छ ।

राज्यसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आज सिंहदरबार दक्षिणी गेटअघि अनसन बस्न आएकी उनलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी सँगै उनका सहयोगको लागि आएका अभियन्ताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबार दक्षिणी गेट निषेधित क्षेत्र भएको र त्यहाँ अनसन बस्न लगायतका विरोध प्रदर्शन गर्न निषेध भएकोले निहारिकालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । गत असार २ गते सरकारकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन् ।

करिब ४० दिन अघि वसन्तपुरमा अनसनरत राजपूतले राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेकी थिइन् ।

यसअघि प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाको छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडित मैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबिच भएको थियो ।

अहिले उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

याे पनिः निहारिका राजपूतकाे प्रण- ‘अति भएपछि सडकमा आएँ, मर्छु तर न्याय नपाएसम्म अनशन तोड्दिनँ’ (अडिओवार्तासहित)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =