सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए । नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *