चीनद्वारा ताइवान नजिकै २ मिसाइल प्रक्षेपण

काठमाडाैँ । चीनले ताइवान नजिक सैन्य अभ्यास थालेको छ । उसले दुईवटा मिसाइल प्रक्षेपणसमेत गरेकाे छ । समाचार एजेन्सी रोयटर्सकाअनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।

ताइवानले भने चीनकाे गतिविधिलाई नजिकबाट नियालिरहेको ताइवानले प्रतिक्रिया दिएकाे छ । यसअघि बुधबार मात्रै वाइवानकी राष्ट्रपति साइइङ वेनले आफ्नाे देश कुनै पनि हालतमा पछि नहट्ने प्रतिक्रया दिएकी थिइन् । यसैबीच ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरूले युद्ध नचाहेको जनाएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान शुरू गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । याे अभ्यास सम्भवत: इतिहासकै ठूलाे रहेकाे समाचारहरूमा उल्लेख छ । अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । उनी ताइवानका शीर्ष नेताहरूसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किसकेकी छन् ।

पेलाेसीकाे भ्रमणले चीन-अमेरिका र चीन-ताइवानबीच विवाद बढाएको छ । मिसाइलसम्बन्धीकाे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *