इन्डोनेसियामा हुने एसिया रग्वी सेभेन्समा सहभागी हुने खेलाडीको बिदाइ

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

इन्डोनेसियाको जकार्तामा अगस्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्बी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरू त्यसतर्फ जानेछन् ।

नेपाली टोलीको टिम क्याप्टेन एलिसा थापा रहेकी छिन् । बिदाइ कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिए ।

प्रतियोगितामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मङ्गोलिया र गुवाम देशका महिला खेलाडीहरूले भाग लिनेछन् । प्रतियोगिता राउन्ड रोविन आधारमा खेलाइने रग्बी सङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *