‘निष्ठाको यात्रा’ लोकलाई अर्पित

काठमाडौँ । पूर्व गृह राज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातीत ध्यानका प्रवर्द्धक डा. दीपकप्रकाश बास्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलगायत विशिष्ट व्यक्तित्वहरूले सो कृतिको लोकार्पण गरेका हुन् ।

कृति लोकार्पणको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, कांग्रेसका सह महामन्त्री डिना उपाध्याय, समालोचक डा. कुमारप्रसाद कोइरालालगायतले पुस्तकमाथि परिचर्चा गरेका थिए ।

संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा. कुलप्रसाद कोइरालाको सभापतित्वमा आयोजित उक्त समारोहमा डा. किन्सली बु्रक्सले ‘वैदिक नेपालको भविष्य’ माथि प्रकाश पारेका थिए । सो पुस्तक बुक्स राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *