एमाले महासचिवकाे टिप्पणी- ‘यो माफियाको सरकार हो’

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई माफियाकाे सरकार भएकाे टिप्पणी गरेका छन् । भ्रष्टाचार र महँगीविरुद्ध साेमबार काठमाडाैँकाे वसन्तुरमा आयाेजित प्रदर्शन र विराेधसभालाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महँगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण महँगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’

एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए । यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै उनले भनेका छन्, ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद् राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ । यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

यस्तै उनले अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =