एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफलमा परराष्ट्र मन्त्री र प्रधानसेनापति अनुपस्थित

काठमाडौँ । एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफलमा परराष्ट्र मन्त्री र प्रधानसेनापति अनुपस्थित भएका छन्र । राज्यका निर्देशक सिधाान्त, निति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीूले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्र मन्त्री नारायण खड्का र, परराष्ट मन्त्रालयका सचीव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरु, रक्षा मन्त्रालयका सचीवलाई बोलाएको थियो ।

मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा साम्सदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले केही मिनेट अघि परराष्ट्रमन्त्री अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन ।

परराष्ट्र मन्त्री र प्रधानसेनापतीलाई दस्तावेज सहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले बिशेश काम परेको पनि उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचीवले पनिबपरराष्ट्र मन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने सभापति जैरुले जानकारी दिइन ।

परराष्ट्रमन्त्री र प्रधानसेनापती अनुपस्थित भएपछि समिती बैठक मुल विषय छडेर बिबिध अन्तरगत ूसंबैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ भन्नेमा केन्द्रित भएको छ ।

समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्र मन्त्रीको समय लिएर अर्को बैठक राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =