भ्रष्टाचार र महंगीविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दै एमाले
२०७९ साउन १६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेले आज महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । सो पार्टीले दिउँसो २ बजेपछि वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गर्ने भएको हो ।
एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ ।
जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने एमालेले जनाएको छ । वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको बताइन्छ ।
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








