यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको हाे ।
मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
#SmsAlert #FloodAlert
साउन १६ बिहान २ बजे
झापाको दमक, उर्लावारी, शनिश्चरे चन्द्रागडि आसपास पछिल्लो ३ घण्टामा भारी वर्षा भएको, मेची विरिङ,निन्दा, रतुवा लगायत साना खोलामा बाढीको जोखिम; तटीय डुबान भइरहने होचा भूभागमा बिहान सम्म उच्च सतर्कता अपनाऔँ
जल तथा मौसम वि वि pic.twitter.com/RpjESL0I6B— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 31, 2022
यस्तै बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन गरिएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
साउन १५ बिहान १ बजे
हाल गण्डकी प्रदेशको बाग्लुङ, कास्कि, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन भएको र थप बर्षा हुने पुर्वानुमान रहेकाले, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले, बिहान ६ बजे सम्म सतर्कता अपनाऔ । pic.twitter.com/jCIqx4cCIO— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 31, 2022
सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ । बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
#SmsAlert #FloodAlert
साउन १५ राती ११ बजे
सुनसरिको इटहरि र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले बुढि खोला, खेसलिया खोला, लगायत सो क्षेत्र भई बहने स साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाऔँ— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 31, 2022








