राजेश पायलको गीतमा ‘साली-भेना’ बने अन्जली र सुधीर (भिडिओ)

काठमाडौँ । नेपमेलो अस्ट्रेलियाको प्रस्तुतिमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ ।  गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको सङ्गीत रहेको छ ।

गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाइ र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा हुन् ।

पवन सुस्लिंगले छायाङ्कन गरेका छन् भने नवीन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *