‘साताका सात’ तस्बिर

कला संग्राहलयसँगै कला
भक्तपुरको राष्ट्रिय कला संग्राहलयसँगै बनाइएका घण्टाकर्ण । गथे मुँगको दिन नेवारी समुदायले घण्टाकर्ण बनाएर साँझ परेपछि जलाउने गर्दछन् ।

मोबाइल क्रेज
गोकर्णेश्वर महादेव मन्दिरमा गङ्गा आरती हुँदै गर्दा, एक बालिका आरतीको भिडिओ मोबाइलमा कैद गर्दै ।

मँग हिती
पाटन दरबार क्षेत्रमा रहेको मँग हितीमा रमाउँदै स्थानीय ।

जात्रालु
गथे मुँग पर्व हेर्न भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा झरीको प्रवाह नगरी आएका जात्रालुहरु । मन्दिर परिसरमा हरेक साल गथे मुँग पर्व मनाउँदै आइन्छ ।

नेवारी सांस्कृतिक झ्याल
झ्यालको नेवारी संस्कृतिमा धेरै प्रयोग र महत्त्व छन् । भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा रहेको कलात्मक झ्याल ।

विरुपाक्ष अर्थात् कलि
कलियुगको शुरु कसरी भयो र कसले विरुपाक्षको मूर्तिलाई पशुपतिनाथमा स्थापित गरे भन्नेबारे हामीले विभिन्न किम्बदन्ती सुन्दै आएका छौँ । यो मूर्ति जमिनबाट पूर्णरुपमा माथि आएपछि संसारको अन्त्य हुने विश्वास गरिँदै आएको छ ।

प्रसिद्ध दत्तात्रय
भगवान् शिवजीको समेत गुरु भनेर पुजिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *