भर्च्यूअल भेटमा सी जिनपिङले बाइडेनलाई भने- ‘आगोसँग खेल्नेहरू जल्छन्’

काठमाडाैँ । दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिद्वय जाे बाइडेन र सी जिङपिङबीच भर्च्यूअल संवाद भएकाे छ । उनीहरूबीच बिहीबार साँझ संवाद भएकाे हाे । सवा दुई घण्टा लामाे संवादका क्रममा उनीहरूबीच विश्व राजनीतिदेखि दुई देशबीचकाे सम्बन्धसम्मका बारेमा संवाद भयाे ।

त्यसक्रममा सी कठाेरूपमा प्रस्तुत भएकाे अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन् । रोयटर्सकाअनुसार ताइवानमा अमेरिकी हस्तक्षेपबाट आक्रोशित चिनियाँ राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति बाइडेनलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । ‘म तपाईंलाई यति मात्र भन्छु कि आगोसँग खेल्न खोज्नेहरू जल्छन्,’ सीले भनेका छन् ।

सीकाे चेतावनीले चीन अमेरिकासँग रिसाएकाे संकेत गर्छ । ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिविरुद्ध चीन कडारूपमा प्रस्तुत भएको छ ।  अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अर्को हप्ता ताइवानको भ्रमण गर्दैछिन् । २५ वर्षपछि यति उच्चस्तरको अमेरिकी नेतृत्वको ताइवानको औपचारिक भ्रमण हुन लागेको हो ।

यो भ्रमणले अमेरिकाले अब ताइवानलाई एक्लै छाड्दैन र आवश्यक ठाउँमा सहयोग गर्दछ भन्ने स्पष्ट सन्देश दिन्छ । चीनले यस्तो अमेरिकी नीतिको कडा आपत्ति जनाउँदै यसको प्रतिफल गम्भीर हुने चेतावनी दिँदै आएको छ ।

जवाफमा अमेरिकाले पनि कुनै पनि हालतमा ताइवानबाट आफू पछि नहट्ने स्पष्ट पारेको छ । बाइडेन र जिनपिङले गत मार्चमा दुई घण्टासम्म यस्तै भर्च्यूअल बैठक गरेका थिए । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *