दलीय पद्धतिको सुधार गर्नु आजको आवश्यकता हो : सरीता गिरी

काठमाडौं । राष्ट्रिय सद्भावना पार्टीकी नेत्री तथा समाजवादी पार्टीकी पूर्व समानुपातिक सांसद सरीता गिरीले आजको आवश्यकता दलीय पद्धतिमा सुधार भएको बताएकी छन् । उनले दलीय पद्धतिको विस्थापन गर्नु आजको आवश्यकता नभएको तर्क गरेकी छन् ।

समाजवादीले सांसद र पार्टीबाट निष्कासन भएकी गिरीले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो बिचार प्रस्तुत गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘आजको आवश्यकता दलीय पद्धतिमा सुधार हो ,दलीय पद्धतिको विस्थापन होइन । भारतका समाजवादी नेता स्वर्गीय जयप्रकाश नारायण ले दलीय प्रथामा विकिसीत हुंदै गएको भ्रष्टाचारको समस्या लाई बुझी संसदका लागि पनि निर्दलीय निर्वाचन उपयुक्त रहेको विचार व्यक्त गर्नु भएको थियो तर जब परीक्षाको घडी आयो तब उनको विचार बदलियो । भारतमा आपात्काल को घोषणा भए पछि वहाँ जनता दलका साथ आबद्ध हुनु भयो । स्वतन्त्रता सेनानी राजनारायण जी विगतमा विभिन्न दल हरु संग आबद्ध भए पनि १९७७ मा अरु नेता हरु संग मिली जनता दलको गठन गर्नु भयो र उक्त दल तर्फ बाट निर्वाचन लडदै इंदिरा गाँधी लाई १९७७ को लोक सभाको निर्वाचन मा हराउनु भयो । जनता दलका नेता र समर्थकहरुले आपात्काल लाई पराजित गरी लोकतन्त्रलाई पुनर्बहाली गर्न केही वर्ष कठोर संघर्ष गरेका थिए । मैले यो हाल युवाहरुले स्वतन्त्र उम्मेदवार का लागि सक्रिय रहेको सन्दर्भमा यो लेखी रहेको छु । यदि कसैले कसैलाई हराउनका लागि मात्र स्वतन्त्र उम्मेदवारी दिने हो भने त्यो पनि ठीक हो तर स्वतन्त्र उम्मेदवारीको एजेंडा खुला र प्रष्ट हुनु पर्छ । तर शिक्षित युवाहरु यदि राजनतिमा सुधारका लागि अगाडी बढ्न चाहन्छन भने समस्याको पहिचान गरी दलको छाता मुनि आबद्ध भयी जांदा उपयुक्त हुन्छ । होईन भने वहाँ हरुका लागि आउने पाँच वर्ष खेरो जाने छ । स्थापित दलहरु अत्यन्त अपारदर्शी भए । नीतिको बारेमा प्रष्ट छैनन। आफनो सिद्धान्त वा दशृन भन्दा पनि बाहिर गयी अपारदर्शी तवरले स्थापित दलहरुले निर्णय लिने गरेका छन । अदालत लगायत सबै आयोग हरु कब्जा गरी दलका नेताहरु बसेका छन । भीमकाय अख्तियार दुरुपयोग आयोग कानून अनुसारको काम गरी रहेको छैन । अदालत कमजोर छ । गरीबी , बेरोजगारी , महंगी बढदै गयी रहेको छ। विकास भ्रष्टाचारको श्रोत बनी सकेको छ । महिला र कमजोर समुदाय सारा दुख लाई आफ्नो नियति मानी बसेका छन । शिक्षा र स्वास्थ्य को क्षेत्र अत्यन्त महंगा हुंदै गएको छ । यी संवेदनशील सेवा क्षेत्रपनि राजनीति को अखाडा भएको छन । स्थापित दल हरु भित्र आन्तरिक लोकतन्त्र छैन । त्यहाँ अतिनै चलखेल हुन्छ जसले गर्दा दलहरु जीवन्त छैनन। यी हुन । यी हुन अहिले का केही समस्या हरु । मलाई लाग्दछ युवा हरुले आफनो एजेंडा र चाहनाको बारेमा प्रष्ट भयी मात्र प्रदेश र संघीय निर्वाचनमा सवतन्त्र उम्मेदवारीको बारेमा निर्णय लिनु पर्दछ र राजनीतिक विश्रृृखलता बढाउनमा सहायकको भुमिका निर्वाह गर्न बाट जोगिनु पर्दछ । स्थानीय तह को सरकारका लागि स्वतन्त्र उम्मेदवारी एकदम सही हो तर संघ र प्रदेश को राजनीतिमा नीतिगत सुधार ल्याउनका निम्ती राजनीतिक दलको भूमिका आवश्यक छ ।’

समाजवार्दीले पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनु पर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादीले सांसद र पार्टीबाट निष्कासन गरिएको थियो । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद थिइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =