श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष सिंगापुरमै बस्ने

सिंगापुर । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिंगापुरमा बस्ने समयावधि बढाएका छन् । उनले थप १४ दिन सिंगापुरमै बस्ने म्याद थप गरेकाे स्थानीय सञ्चार माध्यमहरूले बुधबार जनाएका छन् ।

श्रीलंकामा आन्दोलनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भागेका राजापाक्षले यसअघि पनि १४ दिन सिंगापुर बस्ने अनुमति लिएका थिए ।

उनलाई सिंगापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो । त्यति बेला उहाँ माल्दीभ्सबाट सिंगापुर आएका थिए ।

श्रीलंकाका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।

श्रीलंकाका सभामुख महिन्दा यापा अबेवार्डेनाले राजापाक्षले राजीनामा दिएको घोषणा गत जुलाई १५ मा गरेकाे थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *