निर्मला पन्त हत्या प्रकरण : चार वर्षसम्ममा पनि पत्ता लागेन हत्यारा
मकालु खबर
२०७९ साउन १० गते
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउँछन् । २०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो ।
अहिले पनि त्यस क्षेत्रका १८-१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।
नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
मकालु खबर
२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित