मुख्यमन्त्री सहभागी राष्ट्रिय भेला बाहिर प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा आयोजित नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेलास्थल बाहिर प्रदर्शन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको भेलास्थल बाहिर रेडक्रसका निवर्तमान सञ्चालक समितिका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।

रेडक्रसले ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र’को विषयमा छलफल गर्न आयोजित सो भेलास्थल बाहिर प्रदर्शन भएको छ । सरकारले गत असार १ गते नेत्र प्रसाद तिम्सिनालाई हटाएर सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति गठन गरेको थियो ।

सरकारको उक्त निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । तर सुदर्शनप्रसाद नेपाल नेतृत्वले आदेश मानिरहेको छैन । यसबाट रुष्ट रहेको निवर्तमान सञ्चालक समितिले प्रदर्शन गरेको हो ।

अदालतको आदेशपछि पनि तिम्सिना सहितको कार्यसमितिलाई केन्द्रीय कार्यालयमा पस्न रोकेको थियो । त्यसक्रमा रेडक्रस कार्यालय परिसरमा झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *