आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन्छ : खिमलाल देवकोटा

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन्। उनले यो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त गरेका छन्। लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे।

राष्ट्रिय सभा बैठकमा सोमवार नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए।

त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनले बताए।

उनले भने ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ। यो पक्षपनि सकारात्मक छ। यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छु, अनुमान गर्नुपर्छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ। स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याई छ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =