जनार्दन शर्मा प्रकरण : संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं । जनार्दन शर्माबारे संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

अहिलेसम्म अर्थमन्त्रालयको सिसिटिभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निस्कर्ष निकालेको छ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =