मनिषा आचार्यको उपन्यास ‘छोरी’ विमोचन

काठमाडौं । पाँचथरकी मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ विमोचन भएको छ । आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका थिए ।

लाइफ रिसर्च एण्ड पब्लिकेशनले प्रकाशन गरेको छोरी विमोचन समारोहमा मन्त्री भुसालले छोरी उपन्यासले  समाजमा रहेका  नारीमाथि हुने विभेदलाई उजागर गरेको बताइन् । छोरी उपन्यासले समाजमा रहेको विभेद अन्त्यका लागि भूमिका खेलेको उनको धारणा थियो ।

कार्यक्रम सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए । उनीहरूले छोरी उपन्यासले समाजको हरेक छोरीहरूको कथा बोलेको बताए । उनले छोरी उपन्यास समाजमा रहेका महिलाको त्याग, सङ्घर्ष र सफलताको गाँठो रहेको चर्चा गरे  । लेखक आचार्य यो पहिलो  कृति हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *