रियल म्याड्रिड बार्सिलोनासँग स्तब्ध

काठमाडौँ । युरोपेली च्याम्पियन रियल म्याड्रिड क्याटलान क्लब बार्सिलोनासँग पराजित भएको छ । अमेरिकाको लास भेगासमा भएको प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोना १-० ले विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा राफिन्हाले २६अ‍ौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । मैत्रीपूर्ण खेल भएपनि बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *