हालान्डको गोलमा सिटी विजयी, बायर्न स्तब्ध

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा सिटीले जित निकालेको हो ।

सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १-० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १२औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए । हालान्डले सिटीको लागि डेब्यु खेलमै गोल गर्न सफल भएका थिए ।

प्रि-सिजनमा सिटीको यो लगातार दोस्रो जित हो । यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि २-१ को निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *