तस्बिरमा ४४औँ पुष्पलाल स्मृति दिवस
२०७९ साउन ७ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज मनाइँदैछ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।
उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति दिवसका अवसरमा काठमाडौँको ताम्सीपाखा विष्णुमतिडमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरिएको छ । माल्यार्पणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू पुगेका थिए ।

२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








