नागरिकतामा आमा वा बाबुको थर रोज्न पाइने !

काठमाडौं ।  सरकारले छोराछोरीले आमा वा बाबुको थर रोज्न पाउने गरी  नागरिकता विधेयकमाथिको संशोधन स्वीकार गरेको छ ।  सांसदहरूले नागरिकता विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्तावमध्ये केही संशोधन स्वीकार गरेको हो ।

प्रतिनिधि सभा बैठकमामा विधेयकमाथि भएको दफावार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले संशोधन स्वीकार गरेका हुन्। गृहमन्त्री खाणले अन्य संशोधन समेत स्वीकार गरेका  छन् ।

जसमध्ये  ‘नागरिकता लिन चाहने व्यक्तिले आमा वा बाबुको थर उल्लेख गर्ने भन्ने रोज्न पाउने’ व्यवस्था र ठेगाना पनि व्यक्तिले रोज्न पाइने व्यवस्था रहेका छन् ।  संशोधनमार्फत सरकारले नागरिकतामा लैंगिक पहिचानको व्यवस्थालाई समेत स्वीकार गरेको छ।

सरकारले सांसदहरूले हालेको संशोधनमार्फत १६ वर्ष उमेर पूरा भएपछि वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था स्वीकार गरेको छ। त्यस्तै, नागरिकताको अभिलेखमा आमा वा बाबुको नागरिकताको विवरण राख्ने व्यवस्था समेत सरकारले संशोधनमार्फत स्वीकार गरेको छ।

सरकारले स्वीकार गरेको संशोधनहरूसहित अब यो विधेयक प्रतिनिधि सभामा निर्णयार्थ पेश हुनेछ। सरकारको प्रस्ताव पारित भए नागरिकता विधेयक प्रतिनिधि सभाबाट टुंगो लाग्नेछ। प्रतिनिधि सभाबाट टुंगो लागेपछि यो विधेयकले ६० दिनभित्र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।

प्रतिक्रिया

3 thoughts on “नागरिकतामा आमा वा बाबुको थर रोज्न पाइने !

  1. छिमेकीको थर राख्न पनि पाइने ब्यवसाथा ल्याएको भए झन राम्रो हुन्थ्यो🤣

  2. मेरो नाम जित बहादुर मिजार जन्म जिल्ला नुवाकोट बेल्कोट्गढी वडा न १० मेरो जन्म मिति २०५०-०६-०८ नागरिता जारी मिति २०६८-०५-२३नागरिता बनाउदा आमाको नागरिता खोजेन अनि पहिले बुबाको नागरिता बाट बनायो अनि आमाको नाम सुबि भन्दिय महिले आमालाई २ ओटा नाम ले बोलाउथिय आमाले म भन्दा पछि नागरिता बनाउनु भयो नागरिता मा आमा ले सुभत्रा राख्नु भयछ म तेति बेला घर बहिर थिय अब आमाको मेरो भन्दा पछि नागरिता बनाको भयर चेन्ज गर्न मिल्दैन भन्छ जिल्ला प्रशासन महिले पुलिस रिपोर्ट लगे मुचुल्का बनायर गाउको ५ जनाको नागरिता कपि सहि गराइकन सर्जिम सबै सिस्ट्म मा जादा पनि के हो कुरा

  3. अामा र बुवा दुबै बाट नागरिता लिदा थरकाे कुनै पनि परिमाण भेटिने छैन। यसले निकट भविष्यमा ठुलाे सङकट निमत्याउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =