वाग्मती प्रदेशमा चल्ने गाडीहरूकाे भाडा बढ्याे, कहाँ पुग्न कति ?

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडामा बढाेत्तरी गरेकाे छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै वाग्मती प्रदेशभित्र चल्ने गाडीकाे भाडा बढेकाे बताएकाे हाे ।

प्रदेश सरकारले काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।

सरकारले वागमती प्रदेशभित्र चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =